सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल, २ फागुन । कीर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरलाई शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको सद्भावना दूतमा नियुक्त गरिएको छ। फागुन ११ गते बुटवलमा आयोजना हुने यस प्रतियोगिता नेपालकै सर्वाधिक पुरस्कार राशीको १० किलोमिटर दौड प्रतियोगिता हुनेछ।
दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक मानन्धरले दौड संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा सद्भावना दूत नियुक्त गरिएपछि आयोजक शाइन रेसुङ्गा बैंक परिवारलाई धन्यवाद दिएका छन्। उनले स्वस्थ जीवनशैलीका लागि हरेक दिन दौडने संस्कृतिको विकास आवश्यक रहेको बताए।
राष्ट्रिय स्तरको दौड प्रतियोगिता
“RUN to SHINE” भन्ने नाराका साथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आयोजना गर्न लागेको यस प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा धावकले बैंकको आधिकारिक वेबसाइट www.srdb.com.np वा https://srdb.com.np/campaign/shineresungarun लिंकमार्फत २०८१ फागुन ९ गते दिउँसो १२ः०० बजेभित्र नाम दर्ता गर्न सक्नेछन्। दौड बैंकको केन्द्रीय कार्यालय कालिकानगरबाट सुरु भई मणिग्राम चोकहुँदै पुनः केन्द्रीय कार्यालयमै समापन हुनेछ।
५ लाख रुपैयाँको पुरस्कार राशी
बैंकको १७औं वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको यस प्रतियोगितामा कुल पुरस्कार राशी ५ लाख रुपैयाँ रहेको छ। प्रतियोगिता तीन विधामा विभाजित छ – खुला, स्थानीय (५० वर्षसम्म), र स्थानीय (५० वर्षभन्दा माथि)।
लुम्बिनी प्रदेशका नागरिकहरूले मात्र स्थानीय क्याटेगोरीमा सहभागी हुन सक्नेछन्, भने अन्य जिल्लाका धावकहरू स्वतः खुला क्याटेगोरीमा पर्नेछन्।
पुरस्कार विवरण:
🔹 १० किमी दौड (खुला श्रेणी – पुरुष/महिला)
🥇 प्रथम: १ लाख रुपैयाँ
🥈 द्वितीय: ४० हजार रुपैयाँ
🥉 तृतीय: २० हजार रुपैयाँ
🏅 चौथो: १५ हजार रुपैयाँ
🏅 पाँचौं: १० हजार रुपैयाँ
🔹 ५ किमी दौड (स्थानीय ५० वर्षसम्म/५० वर्षभन्दा माथि – पुरुष/महिला)
🥇 प्रथम: १५ हजार रुपैयाँ
🥈 द्वितीय: १० हजार रुपैयाँ
🥉 तृतीय: ५ हजार रुपैयाँ
🏅 चौथो: २,५०० रुपैयाँ
प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन कखरा इभेन्ट्स द्वारा गरिनेछ। नेपाल एथलेटिक्स संघ र राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा आयोजित यस प्रतियोगितालाई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुद प्रवर्द्धनका लागि आयोजना गरेको हो।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा