सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दुबई, फागुन २ । संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका नेपाली श्रमिकहरूले अब श्रम स्वीकृति नेपाल फर्किनु नपरी नै प्राप्त गर्न सक्ने भएका छन्। बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले यो सेवाको सुरुवात गरेका हुन्।
अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको हित र सुविधालाई मध्यनजर गर्दै सरकारको सेवा प्रवाहलाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री भण्डारीका अनुसार सम्बन्धित नेपाली दूतावासमार्फत श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले श्रमिकहरूलाई नेपाल फर्किनुपर्ने झन्झटबाट मुक्त पार्नेछ। साथै, उनीहरूले आफ्नो पेशा र व्यवसायलाई निरन्तरता दिन सहज हुने विश्वास उनले व्यक्त गरे। उनले अन्य नेपाली दूतावासहरूबाट पनि क्रमशः यो सेवा प्रदान गरिने जानकारी गराए।
संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले दूतावासले श्रमिकहरूको हकहित संरक्षणका लागि विभिन्न सेवा प्रवाह गरिरहेको उल्लेख गरे। उनले ‘अनलाइन’ श्रम स्वीकृति सेवा उपलब्ध भएपछि नेपाली श्रमिकहरूले नेपाल सरकारबाट पाउने सेवाहरू झनै सहज हुने बताए।
राजदूत क्षेत्रीका अनुसार नेपाली राजदूतावास, अबुधाबीले सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि प्रभावकारी सेवा प्रवाह गरिरहेको छ। उनले श्रम स्वीकृति प्रक्रियालाई अनलाइन प्रणालीबाट सञ्चालन गरिनुले सेवा प्रवाहमा थप चुस्तता आउने विश्वास व्यक्त गरे।
नयाँ व्यवस्थाले लाखौं नेपाली श्रमिकलाई प्रत्यक्ष रूपमा फाइदा पुर्याउने अपेक्षा गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा