सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३० माघ । शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधबार १ दशमलव ८६ अङ्कले बढेर २ हजार ६ सय ८५ दशमलव ७३ विन्दुमा पुगेको छ ।
यसदिन आज ३०७ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ८ अर्ब ७१ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३९ करोड ६० लाखको शेयर किनबेच भयो ।
आज बैंक, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक अरू समूहको शेयर बढेको छ । आज विकास बैंक, फाइनान्स र लगानी समूहको शेयर १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
यसदिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन उपकार लघुवित्त र सुपर माई हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा