सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेपालमा समयमै न्याय पाउन गाह्रो रहेको बताएका छन्।
‘न्यायिक समितिः दिग्दर्शन’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले अदालतहरूभन्दा स्थानीय तहका न्यायिक समितिहरूले छिटो न्याय निरूपण गर्ने गरेका दाबी गरे।
मेयर बालेनका अनुसार, काठमाडौं महानगरपालिकाको न्यायिक समितिबाट अदालतहरू समेत छिटो न्याय निरूपण गर्न प्रेरित हुने अपेक्षा गरिएको छ। उनले न्यायिक समितिबाट भएको कामलाई न्यायसम्बन्धी प्रक्रियालाई सरल बनाउने उदाहरणका रूपमा प्रस्तुत गरे।
न्यायिक समिति संयोजक तथा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले न्यायिक समितिबाट अहिलेसम्म ८३ पटक सुनुवाइ गरी न्याय निरूपण गरिएको जानकारी दिइन्।
उनका अनुसार, अहिलेसम्म ६०८ वटा विवाद निरूपण भएका छन्, जसमा ३२६ वटा विवादमा निर्णय भइसकेको छ भने १४१ वटा विवाद मेलमिलाप प्रक्रियाबाट समाधान गरिएको छ।
पुनरावेदनका लागि परेका १३२ मुद्दामध्ये १५ वटा विवाद पुनरावेदन तहबाट टुङ्गिएको छ। तीमध्ये १३ वटा मुद्दामा न्यायिक समितिको निर्णय सदर भएको उनले जानकारी दिइन्।
महानगरपालिकाले अहिलेसम्म ५२ हजार ७४० जना सेवाग्राहीलाई निःशुल्क कानुनी सेवा प्रदान गरिसकेको पनि उपप्रमुख डंगोलले जानकारी दिइन्।
मेयर बालेनले न्यायिक समितिहरूले गरेको कामले आम नागरिकलाई छिटो न्याय दिलाउन महत्वपूर्ण योगदान पुर्याउने बताए।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा