सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंह ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबाट कुनै विकल्प नदिईकन गरिब बसेको ठाँउ हटाउने गलत काम भएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात उनले राज्य गरिब र कमजोरलाई संरक्षण गर्नको लागि आवश्यक हुने भन्दै सरकारमा रहेकाबाट नै गरिब जनतालाई दुख दिने काम सही नभएको बताए ।
उनले भने, ‘राज्यको आवश्यकता कमजोरलाई संरक्षण गर्नको लागि पर्छ । बलियो मानिसको लागि राज्य आवश्यक हुदैँन् । लड्नै मन छ भने मेरो भनाई एकदमै प्रष्ट थियो महानगरभन्दा बलियो ठाँउ संसद भवन छ केही गर्न सकिन्छ भए भनेर भन्न खोज्या हो । उहाँलाई विकास गर्नु छ भए पार्क बनाए हुन्छ तर बेकारमा जो कमजोर छ, निर्दोष छ उनीहरुलाई कुटपिट गर्ने, उसको घरमा डोजर लगाउने, एउटा कुनै विकल्प नदिईकन त्यतीकै बसिरहेको ठाँउ हटाउने काम गर्नु भएन् ।’
यस्तै, उनले शहर कुरुप बनाउने गरिब जनताले नभई यहाँको शासक, प्रधानमन्त्री र मन्त्री भएको बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा