सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहट प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको १६ वटा मोटरसाइकललाई गौर भन्सार कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएका प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुमा गरिएका सवारीसाधनहरुको चेकजाँचको क्रममा कागजातहरु नभएका मोटरसाइकललाई बरामद गरेको थियो ।
जिल्लाको विभिन्न स्थानमा गरिएको चेकजाँचको क्रममा बिना कागजातको १६ वटा मोटरसाइकललाई बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले जानकारी दिए ।
उनका अनुसार बरामद गरिएका मोटरसाइकललाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको हो । पटक पटक सवारी साधनका धनीलाई कागजातहरु ल्याउन भनिएपनि कागजातहरु उपलब्ध नगराउदा उक्त साधनहरु आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गराइएको उनले बताए ।
१६ थान मोटरसाइकलको करिव १२ लाख मूल्याकन गरिएको उनले जानकारी दिए । माघ १ गतेदेखि जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएका प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुमा सवारीसाधनहरुको चेकजाँच गरेको रौतहट प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा