सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २८ माघ । दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड विछ्याउने काम थालिएको छ । आज महानगरपालिकाको अनुगमन समितिले कामको निरीक्षण गर्यो ।
निरीक्षणका क्रममा समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, ग्रेनाइड सेटिङ्को निरीक्षण गर्दै पैदल मार्ग पैदल यात्रामैत्री हुनुपर्ने बताउँदै सडकमा भएका रुखहरुको संरक्षणका विषयमा अधिकारीहरुसँग जिज्ञासा राख्नुभएको थियो ।
त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, निर्माण प्रक्रियाको निरीक्षण गर्दै ग्रेनाइडको बाहिरी भाग खस्रो भएकोले यात्रामा चिप्लिने जोखिम नहुने बताउनुभयो ।
नारायणहिटी संग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइड लगाइँदैछ । सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ ।
सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ् गरिएको छ । त्यसभन्दा माथि व्रिक सोलिङ् गरिएको छ । त्यसभन्दा पिसिसी ढलान गरिएको छ । त्यसभन्दा माथि ग्रेनाइट विछ्याइन्छ । यो १६ एमएमसम्मको हुनेछ ।
सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रा. लि. ले काम गरिरहेको हो । २०८० चैत ६ गते निर्माण पक्षसँग सम्झौता भएको हो । योजनाको अवधि यही माघ मसान्तसम्मसम्म हो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा