सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ । अखिल नेपाल फुटबल संघले नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्ने भएको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजनागरी संघले छिमेकी मित्रराष्ट्र चीनको नयाँ वर्षको अवसरमा नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासको सहयोगमा आगामी फागुन ३ गते दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल आयोजना गर्ने जानकारी दिएका हो ।
यस मैत्रीपुर्ण खेलले युवा फुटबलको विकास र फुटबलको माध्यमबाट दुई देशबीचको सम्बन्ध विस्तार गर्ने संघले अपेक्षा गरेका छ ।
संघका अनुसार खेलको प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने र खेलसम्बन्धि अन्य जिम्मेवारी ( मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ, सास्कृतिक कार्यक्रम) नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासको रहनेछ ।
प्रतियोगिताको तयारीका लागि मुख्य प्रशिक्षक राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय खेलाडी टोली हाल बन्द प्रशिक्षणमा रहेका छन् । खेलको अनुमानित बजेट रु ३८,९०,००० रहेको संघले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा