सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २७ माघ । कामना सेवा विकास बैंकले नेपाल युवा उद्यमी मञ्च (NYEF) चितवनसँगको सहकार्यमा बैंकिङ एण्ड बिजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ। व्यवसायी र बैंकबीचको दूरी घटाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा करिब ६० भन्दा बढी युवा व्यवसायीको सहभागिता रहेको थियो।
कार्यक्रममा कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसीए विमन कार्की, नेपाल युवा उद्यमी मञ्च चितवनका पूर्व अध्यक्ष तथा व्यवसायी सुर्यभक्त अधिकारीलगायत वक्ताका रूपमा उपस्थित थिए। पत्रकार महासंघ चितवनका सचिव राजेश घिमिरेले कार्यक्रमको मध्यस्थता गर्नुभएको थियो।
कार्यक्रममा एफसीए विमन कार्कीले व्यवसाय सञ्चालन गर्दा बैंकिङ नियमहरूको पालना गर्नुपर्नेमा जोड दिँदै व्यवसायीहरूलाई वित्तीय साक्षरता आवश्यक रहेको बताउनुभयो। पूर्व अध्यक्ष सुर्यभक्त अधिकारीले कोभिड-१९ पश्चातको चुनौती र नियमनकारी निकायका नीतिहरूले व्यवसायीहरूमा थप कठिनाइ उत्पन्न गरेको बताउँदै साना तथा मझौला व्यवसायीहरूको संरक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले नियमन र वित्तीय अनुशासन व्यवसायीका लागि कठिन भए पनि दीर्घकालमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गर्नुभयो। चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र वलीले कर्जाको विस्तार, सडक सञ्जाल निर्माणको ढिलाइ तथा युवा जनशक्तिको विदेश पलायन जस्ता समस्याहरूले व्यवसायमा नकारात्मक असर परेको बताए।
नेपाल युवा उद्यमी मञ्च चितवनका प्रथम उपाध्यक्ष निशान पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा द्धितीय उपाध्यक्ष सन्तोष कडेलले स्वागत मन्तव्य राख्नुभएको थियो। बैंकका ब्रान्डिङ विभाग प्रमुख सुशिल पौडेलले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रमको समापन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दाहालले बैंक र व्यवसायीबीचको सुमधुर सम्बन्धले बैंकिङ सेवा र उद्योग व्यवसायलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनहरूमा थप सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभयो।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा