सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को प्रथम गण्डकी प्रदेश अधिवेशन आज पोखराको सभागृहमा उद्घाटन गरिएको छ ।
‘समाजवाद प्राप्तीको लक्ष्य, गण्डकी प्रदेशको विकास र समृद्धि हाम्रो उद्देश्य’ भन्ने नाराका साथ अधिवेशनको उद्घाटन अध्यक्ष माधव कुमार नेपालले गरेका हुन् ।
उद्घाटन समारोहमा पार्टीका केन्द्रीय नेताहरू, प्रदेशस्तरीय पदाधिकारीहरू तथा प्रदेशभरका ११ वटै जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशको राजनीतिक, आर्थिक तथा सामाजिक विकासका विषयमा विभिन्न नेताहरूले आफ्नो धारणा प्रस्तुत गरे ।
अधिवेशन भोलिसम्म चल्नेछ, जसमा प्रदेश कमिटीको पुनर्गठन तथा आगामी कार्यदिशा तय गर्ने विषयमा छलफल हुनेछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा