सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं जिल्ला नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष डिल्ली प्रसाद शर्माले पाठ्यक्रमले परिकल्पना गरेको सिकाई र महानगरले अहिले ल्याएको सिपमा आधारित शिक्षाबीच राम्रो सहकार्य हुनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठन महानगर समिति काठमाडौंको तेस्रो महानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले पाठ्यक्रमले परिकल्पना गरेको उपलब्धी र महानगरले अहिले ल्याएको शिक्षाबीचको तालमेल मिलेन भने विद्यार्थीले केही उपलब्धी हासिल गर्न नसक्ने बताए ।
उनले भने, ‘पाठ्यक्रमले परिकल्पना गरेको सिकाई उपलब्धी र महानगरले अहिले ल्याएको बुक फ्रि फ्राइडे र सिपमा आधारित शिक्षाबीचको तालमेल मिलेन भने पाठ्यक्रम एकातिर परिकल्पना हुन्छ, महानगरका कार्यक्रम अर्को तिर चल्छ । यसले विद्यार्थीलाई सिकाई उपलब्धी दिन सक्दैँन् । यो हाम्रो लागि चुनौती हुन्छ ।’
यसको साथै, उनले महानगरपालिकाको शैक्षिक क्षेत्रमा काम गर्ने स्टेक होल्डरहरु शिक्षकहरु भएको हुनाले शिक्षकहरुको टिम बनाएर भ्रमण र अनुभव आदानप्रदानका कार्यक्रमहरु राख्न सक्यौं भने शिक्षामा सुधार गर्न सकिने बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा