सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले आदिवासी जनजातिहरुको लिखित इतिहास नभएको बताएका छन् ।
संयुक्त ल्होसार÷ल्होछार÷ लोसार शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरुको किवदंन्तीहरु, कथाहरुमा मात्र उनीहरुको इतिहास भएकाले यो इतिहासलाई व्यवस्थित गर्नको लागि आदिवासी जनजातिहरुको भाषालाई मान्यता दिनुपर्ने बताएका छन् ।
उनले भने, ‘आदिवासी जनजातिहरुले हामीलाई संघिय लोकतान्त्रिक गणतन्त्रमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ ।
आदिवासी जनजातिहरुको लिखित इतिहास त छैन तर आदिवासी जनजातिहरुको किवदंन्तीहरु, कथाहरुमा मात्र उनीहरुको. इतिहास छ । यो इतिहासलाई व्यवस्थित गर्नको लागि भाषालाई मान्यता दिनुपर्छ ।’
साथै उनले नेपाल राज्य सबैको साझा देश भएकाले हाम्रो राज्य र सरकार सबै धर्म मान्नेहरुप्रति निष्पक्ष रहनुपर्ने बताए । उनले कसै धर्मलाई धेरै माया र कसैलाई काखापाखा गर्न नहुने बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा