सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुर । करिब डेढ करोडको लागतमा जनकपुरधामको ऐतिहासिक राम मन्दिरको सौन्दरीकरण हुन लागेको छ । मन्दिरको प्रवेशद्वारदेखि परिसरभित्रको पार्क निर्माणलगायतका कामहरु गरिने भएको छ ।
सौन्दरीकरणका लागि मधेश प्रदेश सांसद दीपेन्द्र ठाकुरले संसदीय कोषबाट पचास लाख रुपैयाँ दिने भएका छन भने जनकपुरधाम उपमहानगरपालिकाले ५० लाख र प्रतिनिधी सभा सदस्य मनिष झाले पनि संसदीय कोषबाट रु पचास लाख रुपैयाँ दिने भएका छन् ।
सो क्रममा शनिबार राम मन्दिरको दक्षिणपट्टि निर्माण हुने भनिएको प्रवेशद्वारको सांसद ठाकुर र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले संयुक्तरूपमा सिलान्यास गरेका छन् ।
जनकपुरधामका धार्मिक तथा पर्यटकीय स्थलहरुमध्येको एक प्रसिद्ध मन्दिर हो राममन्दिर । प्रवेशद्वार निर्माणले पर्यटक र भक्तजनका लागि थप आकर्षण थप्ने महावीर युवा कमिटीका अध्यक्ष अजय गुप्ताले बताए । उनले पहिले चरणमा प्रवेशद्वारा निर्माण सम्पन्न भएपछि दोस्रो चरणमा पार्क निर्माण हुने जानकारी दिए ।
अहिले हजारौं आन्तरिक तथा भारतीय पर्यटकहरु राम मन्दिर दर्शन गर्न दिनहु आउने गरेका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा