सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । बाराको जितपुर सिमराबाट बेपत्ता भएका बालकको शव खोलामा डुबेको अवस्थामा फेला परेको छ ।
रौतहटको दुर्गा भगवति गाउँपालिका–१ निवासी हन्श चौधरी नामक बालकको शव शनिवार दिउँसो भेटिएको हो ।
वीरगञ्ज महानगरपालिका–३२ र जितपुरसिमरा उपमहानगरपालिका–७ को सिमानामा पर्ने टेढामा पर्ने कियासोती खोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
गत माघ १७ गते जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर ७ स्थित मामा घर आएका बालक खेल्ने क्रममा हराएका थिए ।
बालकको खोजीमा प्रहरी र स्थानीयहरु संगै तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको थियो । इलाका प्रहरी कार्यालय सिमराकी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुभद्रा वाइबाले बालकको शव भेटिएको पुष्टि गरेकी छन् ।
यस घटनाको विषयमा आवश्यक अनुसन्धान भै रहेकोे उनले जानकारी दिएकी छिन । यस घटनाको विस्तृत अनुसन्धान अघि बढाइसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा