सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन माघ २७ देखि २९ गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा गर्न लागेको पार्टी प्रवक्ता कृष्ण शर्माले जानकारी दिएका छन् ।
यसको साथै, उनले नयाँ शक्ति पुरानो युगका मान्यता, दर्शन र सैद्धान्तिक आधारहरुलाई नयाँ युगको आवश्यकता अनुसार ढाल्ने लक्ष्यका साथ बनेको भन्दै महाधिवेशन नेपालको राष्ट्रिय राजनीतिलाई नयाँ दिशा दिने एउटा वैकल्पिक राजनीतिक धार भएको बताए ।
उनले भने, ‘नयाँ शक्तिको प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछौ । पार्टीको आन्तरिक जीवनमा महत्वपूर्ण कार्यक्रम हो भने राष्ट्रको जीवनमा एउटा नयाँ परिघटना हो । हामीले नयाँ शक्तिको मात्रै महाधिवेशन गर्दै छैनौ नेपालको राजनीतिक प्रणालीलाई पुनसंरचना गर्ने, पुरानो युगका जति पनि मान्यता, दर्शन र सैद्धान्तिक आधारहरु थिए, तीनिहरुलाई पुनसंरचना गरेर नयाँ युगको आवश्यकता अनुसार दार्शनिक मान्यता, प्रणालीहरुको स्थापना गर्ने हाम्रो लक्ष्य हो । त्यसकारण नयाँ शक्तिको मात्र महाधिवेशन होइन्, नेपालको राष्ट्रिय राजनीतिलाई नयाँ दिशा दिने एउटा वैकल्पिक राजनीतिक धारको हो ।’
महाधिवेशनका लागि एक हजार पाँचसय जना महाधिवेशन प्रतिनिधि छन् । यीमध्ये एक हजार तीन सय ५० जना चुनिएर आएका छन् भने बाँकी मनोनित हुनेछन् । १० प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने व्यवस्था छ ।
कात्तिकमा पोखरामा भएको विधान अधिवेशनले निर्णय गरे अनुसार केन्द्रीय समिति ९९ सदस्यीय छ । यीमध्ये ८९ जना महाधिवेशनबाट निर्वाचित भई आउनुपर्ने र १० जना मनोनीत रहने व्यवस्था छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा