सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नीतिगत र कानुन सुधार गृह मन्त्रालयको पहिलो काम भएको बताएका छन् ।
शनिबार काठमाडौंस्थित भृकुटीमण्डपमा नेपाल प्रहरी क्लबको भवन उद्घाटन समारोहमा उनले सरकार बनेको करिब सात महिनामा नीतिगत र कानुनी सुधार मन्त्रालयको पहिलो काम भएको बताएका हुन् ।
उनले सोही अनुसार गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको ऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गरिएको बताए ।
उनले भने, ‘नागरिकता सम्बन्धि विधेयक पनि संसदमा दर्ता भएको छ । अब चाँडै अध्यागमन सम्बन्धि ऐन संशोधनका लागि संसदमा लैजाने तयारी छ । यस्तै निर्वाचन सम्बन्धि ऐन पनि अगाडि बढाएका छौँ । जग्गा प्राप्ति सम्बन्धि कानुन संशोधनको काम अगाडि बढेको छ । यस्तै संघसंस्था सम्बन्धि नयाँ कानुन बनाउने काम अगाडि बढेको छ । तीनवटा कानुन संशोधनका लागि संसद पुगेका छन् । बाँकी विधेयक पनि यसै संसद अधिवेशनमा पुर्याउछौँ । चाँडै पास गर्छाैं ।’
नेपाल प्रहरी ऐन सम्बन्धि विधेयकमा सेवा प्रवेश र सेवानिवृत्तको कुरा सुनिश्चित गरेको पनि गृहमन्त्रीको भनाइ छ ।
साथै, उनले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरी सम्बन्धि विधेयकलाई संशोधन गरेर जाने ठाउँ रहेको भन्दै विधेयकमा भएको कमीकमजोरी संसदमा सच्याउन सकिने भन्दै बहस र छलफल सकारात्मक दृष्टिकोणबाट हुनुपर्ने बताए ।
नेपाल प्रहरी क्लबले प्रहरी कर्मचारीको शारीरिक, मानसिक, सामाजिक क्रियाकलापहरुमा महत्त्वपूर्ण काम गरेको पनि बताए ।
उनले भने, ‘क्लबको नयाँ भवनबाट स्तरीय सेवा उपलब्ध हुने विश्वास लिएको छ । यो क्लबमा उपलब्ध सेवाबाट सहकार्य, आत्मविश्वास र अनुशासन कायम गराउने विश्वास छ ।’
यस्तै, गृहमन्त्री लेखकले लागू औषध दुव्र्यसनी, सडक दुर्घटना, आत्महत्या र सामाजिक संजालको दुरुपयोग मुख्य चुनौति देखिएको पनि उल्लेख गरे ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा