सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । एसियन एम्पुटी फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल शनिबार उजबेकिस्तान संग खेल्दै छ ।
बंगलादेशको ढाकामा शुक्रबार देखि सुरु भएको एसियन एम्पुटी फुटबल च्याम्पियनसिप २०२५ मा नेपालले आज उजबेकिस्तान संग खेल्ने भएको हो ।
नेपालले दोस्रो खेल बंगलादेशसंग माघ २७ गते बिहान साढे ११ बजे खेल्नेछ । यस्तै तेस्रो खेल माघ २८ गते दिउँसो ३ बजे इराकसंग र अन्तिम खेल २९ गते दिउँसो ३ बजे इन्डोनेसियासंग खेल्ने छ ।
एम्पुटी फुटबल शारीरिक अपाङ्गता (एउटा खुट्टा नभएका र एउटा हात नभएका ) खेलाडीहरुले खेल्ने खेल हो । एम्पुटी खेलकुद समाज नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको छ । यो खेल नेपालका लागि एक इतिहास भएको एम्पुटी खेलकुद समाज नेपालका निवर्तमान अध्यक्ष एवं टिम व्यवस्थापक मदनमान सिंह रोकायाले बताए ।
प्रतियोगितामा ६ वटा टिम भएपनि ५ वटा टिमले मात्र सहभागिता जनाएको छ । नेपाल पनि बलियो रहेको हुँदा नतिजा राम्रो ल्याउने रणनीति बनाई त्यही अनुसार टिमको सेट तयारी गर्ने प्रशिक्षक चक्रबहादुर तामाङले बताए ।
फेब्रुअरी ७ देखि १२ तारिखसम्म बंगलादेशको ढाँकामा रहेको बसुन्धरा रंगशालामा आयोजना हुने प्रतियोगितामा सहभागी हुन १३ पुरुष खेलाडी ७ अफिसियल सहित २० सदस्यीय नेपाली टोली माघ २२ गते गएको थियो ।
नेपाल टिमका खेलाडीमा डिल्लीबहादुर विष्ट, प्रकाशकुमार बस्नेत, राजु श्रेष्ठ, विक्रम योङहाङ, मुकुन्दबहादुर ढुंगाना,
सुजन कार्की, भीमबहादुर कुमाल, चेतनारायण खनाल, धनबहादुर महता, लक्ष्मीप्रसाद अधिकारी, सुदीप चापागाईं, राज पौडेल र प्रकाश सिंह रहेका छन् । नेपाल टिमको क्याप्टेनको जिम्मेवारी डिल्ली बहादुर बिष्टले समाल्ने छन् ।
प्रशिक्षकमा चत्रबहादुर तामाङ, व्यवस्थापकमा मदनमान सिंह रोकाया तथा अफिसियलमा कल्पना खड्का, श्यामबहादुर रावल, प्रकाश चिलुवाल, सुरेश थापा र विपिन पौडेल छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा