सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २५ माघ । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वमाओवादी नेता रामबहादुर थापालाई आजीवन कारावास दिनुपर्ने माग गरेका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सापकोटाले जनयुद्धलाई ‘हिंसा’ को संज्ञा दिने थापालाई तुरुन्तै गिरफ्तार गर्न आग्रह गरेका हुन्।
सापकोटाले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, “माओवादीका पूर्वनेता रामबहादुर थापा जनयुद्धलाई ‘हिंसा’ भनेका हुन् भने सरकार र प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, तुरुन्त गिरफ्तार गरी आजीवन काराबास हालियोस्।” उनले थप्दै भने, “हामीले जनयुद्ध गरेका हौं, त्यो न्याय र परिवर्तनका लागि वर्ग संघर्ष थियो। उनी आफैं त्यसमा संलग्न थिए, अब त्यही युद्धलाई हिंसा भन्ने उनको अभिव्यक्ति निन्दनीय छ।”
बिहीबार अछाम पुगेका एमाले उपाध्यक्ष थापाले जनयुद्धलाई हिंसा भएको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई माओवादी समर्थकहरूले विरोध जनाएका छन् भने एमाले समर्थकहरूले स्वागत गरेका छन्। थापाले भनेका थिए, “माओवादीको जनयुद्ध हिंसा नै हो, त्यसले देशलाई ठूलो क्षति पुर्यायो।”
माओवादी केन्द्रका नेताहरूले थापाको अभिव्यक्तिलाई जनयुद्धमा योगदान दिने सहिद, बेपत्ता योद्धा तथा पीडितहरूप्रति अपमानजनक रहेको बताएका छन्। उता एमाले पक्षधरहरूले भने जनयुद्धका घटनाहरू पुनः समीक्षा गरिनु पर्ने भन्दै थापाको अभिव्यक्तिको समर्थन गरेका छन्।
यस विषयमा सत्तापक्ष र प्रतिपक्षीय नेताहरूको धारणा के आउनेछ भन्ने चासो बढ्दै गएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा