सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लायन्स गभर्नर्स कप फुटसल प्रतियोगितामा ३२ टिम सहभागी भएका छन् । कुपन स्पोर्ट्स सेन्टरमा मंगलबार सम्पन्न फाइनल खेलमा डिष्ट्रिक डि ले डिष्ट्रिक इ लाई ० का विरुद्ध १ गोलले पराजित गर्दै उपाधी हात पारेको हो ।
उपाधी संगै विजेता टिमले नगद ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार प्राप्त गरेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आशिष कपाली घोषित भएका थिए ।
लायन्स क्लब इन्टरनेशनल, मल्टिपल डिस्ट्रिक ३२५, डिस्ट्रिक ३२५ जीको आयोजनामा भएको फुटसल प्रतियोगिता गत फेब्रुअरी १ देखि ४ तारिखसम्म कुपन फुटसल सेन्टरमा सञ्चालन भएको थियो । बाल क्यान्सरविरुद्ध हाम्रो गोल भन्ने नारासहित सुरुवात भएको प्रतियोगितामा विभिन्न डिष्ट्रिक अन्र्तगतका ३२ क्लबहरुको सहभागी रहेको थियो ।
विजेताहरुलाई लायन्स इन्टरनेसनल ३२५ मल्टिपल अन्र्तगत ३२५ जि का गर्भनर डा.कलम कायस्थ, मल्टी क्याउनसिल चियर रमेश लामा, पूर्व चियरहरु केशव पाण्डे, कयाम उद्धिन, अन्नत भेटवाल, उत्तम झा, गर्भनर इ का रमेश बस्नेत, लगायतका लायन्स अभियन्ताहरुले पुरस्कार वितरण गरेका थिए ।
फुटसल प्रतियोगिताका संयोजक, चार्टर पे्रसिडेन्ट तथा जोन चियरपर्सन दामोदर भट्टराईले बताए ।
खेल तालिका सार्वजनिक कार्यक्रममा डिस्ट्रिक ३२५ जीका गभर्नर डा. कमल बहादुर कायस्थले फुटसल प्रतियोगिताको उद्देश्यका बारेमा प्रकाश पार्दै सबै लायन्स सदस्यहरुलाई खेलमा सहभागी हुन र सम्पूर्ण सामाजिक अभियन्ताहरुलाई बाल क्यान्सर सचेतनामा हातेमालो गर्न आह्वान समेत गरेका छन् ।
अन्तर्राष्ट्रिय क्यान्सर दिवसका अवसरमा आयोजित सो समापन समरोहमा पारा ओलम्पिक प्रशिक्ष कविराज लामा तथा अनुप्रस्थ ब्याण्डका गायन निरन शाही लाई सम्मानित समेत गरिएको थियो । लायन्स इन्टरनेसनल मार्फत हुने समाजिक कार्यहरुलाई खेलकुद तर्फ जोड्नका लागि यो कार्यक्रमको आयोजना गरिएको प्रतियोगिता संयोजक एवम् लायन्स अभियन्ता दामोदर भट्टराई(बद्री)ले बताएका छन । आगामी वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने र लायन्स मार्फत खेलकुदका नविन पुस्तालाई सहयोग गर्ने वातावरणमा जुट्ने उनले बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा