सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली चलचित्र ‘सारंग’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ ।
शुक्रबारदेखि रिलिज हुने चलचित्रको भव्य समारोहसहित काठमाडौंको सिभिल मलस्थित क्युएफएक्समा प्रिमियर गरिएको हो ।
प्रिमियरमा शो पछि सञ्चारकर्मीहरसँग कुराकानी गर्दै नायिका ऋचा शर्माले चलचित्र ‘सारंग’ले आफ्नो जीवनमा ठूलो पाठ सिकाएको बताईन् ।
दर्शकले धेरै खालको सिनेमा रुचाउने भएको कारण सिनेमा पन पराउँने हो कि नपराउने भन्ने जोखिम रहेको पनि उनले बताईन् ।
उनले भनिन्,‘म पनि स्वयम् आमा भएको कारणले पनि चलचित्रबाट मैले मेरो लागि ठूलो पाठको रुपमा पनि लिएको छु ।
हरेक सिनेमा जोखिम हो भन्छु । अहिलेको समयमा पनि दर्शकले विभिन्न खालको सिनेमा खोजिरहनु भएको छ । भन्न नै सकिन्न कुन सिनेमा ले के कस्तो गर्छ भनेर त्यसैले जोखिम त लिएकै हो ।’
त्यस्तै नायक उत्पल झाले बच्चाहरुरुको काम र सिनेमा समग्र रुपमा राम्रो बनेको कारण परिवार नै गएर हेर्न आग्रह गरे । ।
जनताको प्रतिक्रिया कस्तो आउछ भनेर आफू एकदमै उत्साहित भएको पनि बताउँछन् ।
उनले भने,‘बच्चाहरुरुको काम र सिनेमा समग्र रुपमा मिठो बनेको छ ।सबै परिवार सहित आएर हेर्न सक्नुहुने छ । सबै वर्गसँग सम्बन्धित छ । अविभाबक,शिक्षा वर्गका साथै साना बालबच्चाले पनि सजिलै बुझ्न सक्ने सिनेमा बनेको छ ।
एकचोटी आएर हेर्नुहोस् र हामीलाई सुझाव दिनुहोस् । जनताको प्रतिक्रिया कस्तो आउछ भनेर एकदमै उत्साहित छु ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा