सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २२ माघ । यो साताको दुई कारोबार नै बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार १४ दशमलव ०८ अङ्कले घटेर २ हजार ७१५ दशमलव ९१ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको यसदिन ३१५ वटा कम्पनीका १ करोड ६९ लाख कित्ता शेयर ८ अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३० करोड ८७ लाखको शेयर किनबेच भयो
आज जलविद्युत् र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
यसदिन कर्पोरेट विकास बैंक, ग्रीन विकास बैंक, सिन्धु विकास बैंक र सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन जोशी जलविद्युत् विकास कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा