सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पाथिभर घट्नामा प्रहरीले गरेको दमनप्रति आपत्ति जनाएको छ ।
गत शनिबार देखि जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकले शान्तिपूर्ण आन्दोलन गरिरहेकालाई प्रहरीले लाठि प्रहार,पक्राउ जस्ता कूकृति गरिरहेको भन्दै सरकारलाई अभिलम्ब त्यो आन्दोलनलाई वार्ता र संवाद मार्फत निष्कर्षमा पुर्याउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
उनले भने,‘आध्यात्मीक रुपले र आस्थाले जोडिएको पाथिभर घट्ना जुन छ । त्यो हुँदा सबै घाईते भएकाहरुप्रति शिघ्र स्वास्थ्य लाभको हामीले कामना गर्दछौं । त्यो आन्दोलनप्रति जनता समाजवादी पार्टीको ऐक्यवद्धता रहेको छ । शान्तिपूर्ण आन्दोलन गरिरहेकालाई प्रहरीले दमन गर्ने लाठि प्रहार,पक्राउ जस्ता कूकृति गरिरहेको छ । सरकारलाई अभिलम्ब त्यो आन्दोलनलाई वार्ता र संवाद मार्फत निष्कर्षमा पुर्याउन आग्रह गर्दछौं ।’
त्यस्तै भूमि सम्बन्धि र सामाजिक सञ्जाल सम्बन्धि अध्यादेशप्रति गम्भिर चासो भएको भन्दै त्यसमाथि वृहत छलफल गरेर विज्ञहरुसँग वृहत छलफल गरेर मात्र निर्णय गर्न संसदीय दललाई आग्रह गर्ने पनि निर्णय गरेको जानकारी दिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा