सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । ६३ किलो लागूऔषध गाँजासहित बारामा प्रहरीले दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगन्ज खजानीबाट विशेष सूचनाको आधारमा खटिएको टोलीले बकतौरामा चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो ।
प्रहरीले ६३ किलो गाँजासहित आइतबार राति बागमती प्रदेश–०२०४१ प ५७३७ र ना. ६३ प ३९८८ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
उनका अनुसार सुवर्ण गाँउपालिका वडा नम्बर ३ बकतौराबाट भारततर्फ जाँदै गरेको अवस्थामा बरामद गरिएको हो ।
प्रहरीले चेकजाँच गर्ने क्रममा दुवै चालकहरु मेटरसाइकल छाडेर फरार भएको उनले जानकारी दिए ।
त्यसपछि दुबै मोटरसाईकलमा लोड रहेको समान खोलेर हेर्दा ६३ केजी गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । यस घटनाको विषयमा आवस्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जानकारी दिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा