सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय ‘सेल्स ट्रान्सफरमेसन शेसन’ सम्पन्न गरेको छ। काठमाडौंमा आयोजित उक्त कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक व्यापार समीक्षासँगै आर्थिक वर्ष २०८१/८२ को बाँकी अवधिका लागि सेल्स रणनीति तर्जुमा गरिएको थियो।
कार्यक्रममा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेलसहित उच्च व्यवस्थापक तथा प्रादेशिक प्रमुखहरूको उपस्थिति रहेको थियो।
सञ्चालक अग्रवालले प्रतिकूल आर्थिक अवस्थाका बाबजुद पनि कम्पनीले हासिल गरेको उपलब्धिका लागि सम्पूर्ण नेपाल लाइफकर्मीलाई धन्यवाद ज्ञापन गरे। उनले नेपाल लाइफलाई जीवन बीमा उद्योगको मार्गदर्शक कम्पनीको रूपमा चित्रित गर्दै अझ उच्च उपलब्धि हासिल गर्न सक्ने सम्भावना रहेको बताए। ग्राहकमैत्री सेवा प्रवाह गर्न कम्पनीको सञ्चालक समिति सदैव सहयोगी रहने प्रतिबद्धता उनले व्यक्त गरे।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीको उत्कृष्ट प्रदर्शनका लागि अभिकर्ता, कर्मचारी तथा अन्य सरोकारवालालाई धन्यवाद दिए। उनले बीमा बजारमा अझै पनि सचेतना अपूरो रहेको उल्लेख गर्दै कम्पनीले इनोभेटिभ प्रोडक्टहरू ल्याएर बीमा बजार विस्तारमा योगदान पुर्याइरहेको जानकारी गराए। साथै, डिजिटलाइजेसनको प्रक्रियाले निकट भविष्यमा बीमितहरूले घरबाटै छिटो र प्रभावकारी सेवा प्राप्त गर्न सक्ने व्यवस्था कम्पनीले गरिरहेको बताए।
कार्यक्रममा नेशनल सेल्स हेड उमापति पोखरेलले कम्पनीको लक्ष्य हासिल गर्न सेल्स टिम पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। सेल्स टिमले जीवन बीमाको बजारीकरण, सचेतना अभिवृद्धि तथा बीमाको पहुँच विस्तार गर्न कुनै कसर बाँकी नराख्ने बताए।
नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो लगानी विविधिकरण गर्दै शिक्षा, जलविद्युत् तथा अन्य क्षेत्रमा लगानी विस्तार गरिरहेको छ। साथै, कम्पनीले बीमा बजारको वृद्धि एवं ग्राहक सेवालाई प्रभावकारी बनाउन विविध रणनीतिहरू अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा