सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर । ‘नो केबलकार’ बन्दका कारण कोशी प्रदेशसभाका सांसदहरू समेत सदन आउनबाटै रोकिएका छन् ।
सोमबारको प्रदेश सभाको बैठकमा आफू बन्दका कारण आउन नपाएको प्रदेश सभाकी सांसद विद्या चाम्लिङ राईले बताइन् ।
‘स्वास्थ्यमा केही समस्या पनि भएर हो । बन्दले बाहिर अफ्ठेरो अवस्था पनि थियो । उनले भनिन्, ‘कतिपय माननीयहरू बन्दमा केही होला की भनेरै पनि नजाने भन्नुभएको थियो ।’
कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टले बन्दको प्रभाव सदनमा पनि देखिएको बताए । ‘काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङदेखि कतिपय माननीयले बन्दका कारण नै सदन आउन नसक्ने बताउनुभएको थियो । विष्टले भने, ‘उपस्थिति हुन नसक्नुभएका माननीयले जानकारी गराउनुभएको छ । त्यसमा बन्दका कारण भनेर पनि कतिपय माननीय हुनुहुन्छ ।’
प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाका ९३ जना सदस्यमा सोमबारको बैठकमा ४२ जना सदस्य उपस्थित भएका छन् । सोमबारको प्रदेश सभा बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा पेस भएर सैद्धान्तिक छलफल सुरु भएको छ ।
वार्ताबाट समाधान निकाल्न माग
पाथीभरा केबलकार विवादका सन्दर्भमा सबैभन्दा पहिले पाथीभरा क्षेत्रमा रहेको फौज फिर्ताका साथ काम रोकेर वार्ता गर्न माओवादी सांसद गणेश उप्रेतीले सरकारलाई सुझाव दिए । बैठकमा विशेष समय लिएर बोलेका सांसद उप्रेतीले भने,‘सरकार वार्ता गर्ने समयमा गोली हान्न अगाडि स¥यो । विकास पनि शान्तिपूर्ण ढङ्गबाट मात्रै गर्नु पर्दछ । उनले भने, सरकारले काम रोकेर र सुरक्षा फिर्ता बोलाएर वार्ताको टेबलमा बस्नु पर्दछ ।’
यस्तै ताप्लेजुङकी जसपा सांसद निर्मला लिम्बुले केबलकार निर्माणले गर्नु मानव सभ्यतामाथिकै आक्रमण हुने भन्दै चिन्ता व्यक्त गरिन् । उनले भनिन्, विकासको नामले सिङ्गो मानव समुदाय र सिङ्गो लिम्बु समुदायको अस्तित्वको विनाश गर्दछ ।’
लिम्बुले आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई तुरुन्त रिहाइ गर्न माग समेत गरेकी छिन् ।
खासगरी पाथीभरा क्षेत्रमा केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति लगायत संघसंस्था यति बेला आन्दोलनमा छन् ।
उनीहरूले आइतबार र सोमबार(हिजो र आज) कोशीका सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र सङ्खुवासभामा बन्दको घोषणा गरेका छन् । जसको प्रभाव कोशी प्रदेश सभा सम्मै देखिएको हो । आन्दोलनमा होमिएका विक्रम लिम्बुले यो बन्द साङ्केतिक बन्द मात्रै भएको बताए । केबलकार निर्माण कार्य नरोकिए जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको उनको भनाई छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा