सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २१ माघ । कुमारी बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सोमबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ।
बैंकले विगत २३ वर्षदेखि ग्राहकलाई सहज, सुरक्षित तथा प्रभावकारी सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले देशभर ३०२ शाखा, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
साधारण सभामा बैंकका पदाधिकारीहरूले डिजिटल बैंकिङ सेवाको विकास, ग्राहक सेवालाई थप प्रभावकारी बनाउने योजनाका साथै बैंकिङ पहुँचलाई देशव्यापी रुपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बैंकले आगामी दिनमा पनि सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न नयाँ सहकार्य तथा प्रविधिको प्रयोग गर्ने जनाएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा