सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ माघ । साताको दोस्रो दिन आज पनि शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ४१ अङ्कले बढेर २ हजार ७३० विन्दुमा पुगेको छ ।
यसदिन ३१९ वटा कम्पनिको २ करोड ३७ लाख कित्ता शेयर ११ अर्ब ८७ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड ३५ करोड ३० लाख रुपैयाको शेयर किनबेच भयो ।
आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, लगानी र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेको छ ।
यसदिन उपकार लघुवित्त र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन ग्रीन विकास बैंक र रिभर फल्स पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा