सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्यान सम्पूर्ण रुपमा युवाहरुलाई आधुनिक र वैज्ञानिक शिक्षासँग परिचित गराउने तर्फ भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित युवाहरुसँगको अन्तरक्रियामा उनले नेपाल कोही भन्दा कम नभएको भन्दै युवाहरुलाई दक्ष र विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने तर्फ सरकारको ध्यान रहेको बताएका हुन् ।
उनले भने, ‘मेरो र मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रुपमा आज विकास गर्ने, आजको बालबालिकाहरुलाई तिव्र रुपमा हुर्काउने, आजको आधुनिक र वैज्ञानिक शिक्षासँग परिचित मात्र होईन, दक्ष बनाउने विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने तर्फ छ । हामी कोहीभन्दा कम छैनौं, हामीसँग हाम्रो महान पूर्खाको इतिहास छ ।’
उनले विकासका पूर्वाधार बनाएर र आधुुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरुलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प गरेको बताए ।
उनले भने, ‘विदेशमा गएर नेपाली युुवाले अरुका देश बनाएका छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ ।
हामीसँग एक करोड युुवा अहिले पनि स्वदेशभित्रै छन् । त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ । यस देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झण्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनाउनुुपर्छ ।’
उनले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधिनमा बस्नुु नपरेको स्मरण गराउँदै विद्यार्थीहरुलाई देशभक्तिलाई शीरमा बोकेर इमानदार बनेमा सफलतामा पुुग्न सकिने सुुझाव दिए ।
उनले विद्यार्थीहरु अरुको बहकाबमा लाग्न नहुने र असल नेपाली संस्कारलाई पछ्याउनु लाग्नुुपर्नेमा जोड दिँदै युुवाहरुका लागि स्वदेशमै अवसरहरुको सृजना गर्न सरकारले विशेष ध्यान दिइरहेको जनाए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा