सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालका विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहलय भएको उद्घोष गरेका छन् ।
सोमबार प्रा.डा.सोमप्रसाद खतिवडाद्वारा लिखित हनुमानढोका दरबार क्षेत्रका मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तक र हुनुमान ढनेका स्मारिका नामक पुस्तकको विमोचन गर्दै उक्त कुरा बताएका हुन् ।
उनले भने,‘हामी जीवित सम्पदाहरूले धनी छौं। विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहलयका रूपमा रहेका छन्।यसलाई चलायमान् बनाउन आवश्यक छ।’
मन्त्री पाण्डेले सम्पदाहरू ठूलो पूँजीको रूपमा रहेको उल्लेख गर्दै जल,जंगल र जडिबुटी जस्ता जैविक सम्पदाको संरक्षणको आवश्यकता औल्यानु भयो। उहाँले प्राकृतिक सम्पदाहरू जोगाउनका लागि प्राज्ञिक र एकेडेमीक रूपमा बहस र छलफल हुनुपर्नेमा जोड दिए । उनले सम्पदाको अध्ययन,अन्वेषणहुँदा तथ्य र तथ्यांकमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुने गरि निष्कर्षमा पुग्नु पर्ने बताए । मन्त्री पाण्डेले हनुमानढोका दरबार क्षेत्रको मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धात्मक तरिकाले विराट र विशाल रूपमा अघि बढेको भन्दै प्रशंसा समेत गरे ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा