सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहटको चन्द्रपुरबाट लागु औषध खैरो हिरोईन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलिले चन्द्रपुर वडा न ४ बाट बर्ष ३१ को सागर श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनको साथबाट १.५ ग्राम खैरो हिरोईन फेला परेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यलय रौतहटले सोमबार एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । पक्राउ परेका श्रेष्ठलाई लागु औषध मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान भै रहेको रौतहट प्रहरीले जनाएको छ । रौतहट प्रहरी नायव उपरिक्षक दिपक कुमार रायका अनुसार चन्द्रनिगाहपुर प्रहरीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।
यस अघि चन्द्रपुर नगरपालिका–४ का ३४ वर्षीय प्रचण्ड बहादुर थापालाइ पनि प्रहरीले एक ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा