सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । फिल्म ‘घरज्वाइँ’ निर्माण समूहले ‘मितज्यू’ निर्माणको घोषणा गरेको छ ।
बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारे जनक घर्ती मगरको लगानी र अनिल बुढा मगरको निर्देशन रहने सिनेमा ‘मितज्यू’ घोषणा गरिएको हो ।
सोमबार सार्वजनिक सिनेमाको पेन्टिङ्ग थिम पोस्टरमा दुई पात्रलाई एक सामान बोकन भ्यान अगाडी हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको छ ।
भ्यानको माथी खसी र खसीको टाउकोमा कुखुराको भालेलाई देख्न सकिन्छ । सिनेमाको सार्वजनिक थिम पोस्टरबाट ‘मितज्यू’को कथावस्तु बारेमा जानकारी दिइएको छ ।
यो वर्ष रिलिज भएको ‘घरज्वाइँ’ बक्सअफिसमा हिट भएपछि सोही टिमले निर्माण गर्न लागेको सिनेमा वर्ष २०८२ को चैत्र २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको छ ।
यो वर्ष ५१ औं दिन मनाउने सिनेमा सूचीमा ‘घरज्वाइँ’ पर्छ । जुन सिनेमाले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो । सिनेमालाई नेपालमा आरआर फिल्मले वितरण गर्नेछ ।
जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा सिनेमा निर्माण हुनेछ । अर्को वर्षको छायांकन हुने सिनेमामा को–को कलाकार रहने भन्ने निर्माण टिमले सार्वजनिक गरेको छैन् ।
केही दिनपछि बाट सिनेमाको कास्ट एण्ड क्रिउको बारेमा जानकारी दिँदै जाने निर्माता जनक घर्ती मगर बताउँछन् ।
महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् । नोभिस आट्र्सले डिजाइन गरेको पोस्टरको पेन्टिङ्ग पुष्प आले मगरले गरेका हुन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा