सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २० माघ । साताको पहिलो कारोबारको दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६९ दशमलव ८० अङ्कले बढेर २ हजार ७२७ दशलव ५८ विन्दुमा पुगेको छ ।
कारोबार रकममा पनि हरियाली देखिएको यसदिन ३३० वटा कम्पनीका २ करोड ४८ लाख कित्ता शेयर १२ अर्ब ९५ करोड रुपैयाँमा किनबेच भएको छ । सबेभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४१ करोड ९७ लाखको शेयर किनबेच भयो ।
आज सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्सको झन्डै ५ प्रतिशतले उकालो लागेको छ । यस्तै विकास बैंक, लगानी, उत्पादन र निर्जीवन बीमा समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यसदिन ९ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । ५ महिनायताकै उच्च कारोबार भएको यसदिन सामुदायिक लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा