सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरका एक उत्कृष्ट खेलाडीलाई मासिक पारिश्रमको व्यवस्थापन गर्ने बताएका छन् ।
एबीसी डिभिजन फुटबल क्लबहरु र गोल्डक्लब बिजेता क्लबहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले आउँदो नगरसभामा अनुमोदन गरेर एन्फासँग सहकार्य गरी मासिक पारिश्रमको व्यवस्थापन गर्ने बताए ।
उनले भने, ‘आउँदो बर्षमा ललितपुरको ‘ए’डिभिजनका राम्रा खेलाडी एक जनालाई मासिक रुपमा थोरै रमकको भएपनि मासिक पारिश्रमको व्यवस्थापन गर्छौ । कति रकम हुन्छ त्यसको होमवर्क गरेर सार्वजनिक गर्छौ । आउँदो नगरसभामा अनुमोदन गरेर एन्फासँग सहकार्य गर्छौ । ललितपुरको जतिपनि ‘ए’डिभिजनका खेलाडी छन् ति मध्ये एकजनालाई मासिक पारिश्रमको व्यवस्थापन गर्छौ ।’
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा