सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । २५ औं संस्करणको वुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
८ टिमको सहभागिता रहेको नकआउट प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेतले उद्घाटन गरेका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा ए डिभिजन च्याम्पियन चर्च ब्वाइज विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा भएको खेलमा चर्च ब्वाइजले विभागीय क्लब नेपाल पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
खराब प्रकाशका कारण ८० मिनेटको निर्धारित समय तोकिएकोमा पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा चर्च ब्वाइजका सन्तोष खत्रीले डि बक्सबाहिरबाट शानदार प्रहार गर्दै गोल गरेका थिए ।
सोही गोल नै चर्च ब्वाइजलाई सेमिफाइनलमा पु¥याउन पर्याप्त रह्यो ।
आजको विजेता चर्च ब्वाइजले सोमबार हुने राष्ट्रिय जागृति क्लब र भुटानको टिमबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।
आइतबार भने धरान फुटबल क्लब र भारतको युके एफसी आमने सामने हुने छन् ।
उपाधि विजेता टिमले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीले १ लाख पाउनेछन् ।
म्यान अफ दी म्याचले १५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार तथा विधागत उत्कृष्टले जनही २५ हजार पुरस्कार पाउनेछन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा