सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गायिका ईश्वरी बरालको गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ । बरालले स्वर भरेको गीतको शब्द र संगीत सिर्जना राजकुमार बगरले गरेका हुन ।
नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो मुस्कान ढकालले निर्देशन गरेका हुन् ।
जसमा गायिका बरालसँगै स्मारिका ढकाल र शुरेस कोलीको अभिनय देख्न सकिन्छ ।
नैना र रेशमबीचको प्रेमभावलाई देखाइएको उक्त भिडियोको छायांकन उत्तम हुँमागाईंले गरेका छन् भने सम्पादन विकास ढकालले गरेका हुन् ।
सञ्चारकर्मीसमेत रहेकी गायिका बरालले यसअघि ‘माया छ कि छैन’,‘खानदानी छोरी’,‘हरेक रात सपनीमा’, ‘नरिसाउन होइ’लगायतका गीत गाएकी छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा