सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । चन्द्रनिगाहपुरको सिटी जेसिजमा सन् २०२५ का लागि चयन भएका पदधिकारीहरुको एक कार्यक्रमका बिच पदस्थापना गरिएको छ ।
चन्द्रनिगाहपुरको सिटी जेसिजमा सन् २०२५ को अध्यक्ष जितेन्द्र रौनियार चयन भएका हुन् ।
सस्थाको कार्यकारीणी उपाध्यक्षमा भिमराज अधिकारी, सन्तोष पुलामी मगर, महासचिवमा जीवन कटुवाल , उपाध्यक्षमा सुदिप राज गिरी , सुजता पौडेल, मो. नौसाद आलम , युवराज कार्की रहेका छन् ।
चन्द्रनिगाहपुरको सिटी जेसिजका पूर्व अध्यक्षहरूले रौनियारलाई पदस्थापना गराएका छन् । नव निर्वाचित अध्यक्ष रौनियारले भने अन्य पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
चन्द्रनिगाहपुरको सिटी जेसिजको ११ औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाले जेसिजले एक व्यक्ति एक कार्यकालको नीति अपनाएकाले सो निति हरेक क्षेत्रमा अवलम्वन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा मधेस प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री युवराज भट्टराई समिरले अब युवाहरूले देशका हरेक क्षेत्रको नेतृत्व लिनुपर्नेमा जोड दिए । जेसीज भनेको १८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने संस्था हो ।
जेसीजले आफना सदस्यहरुलाई उपयूक्त अवसरहरु उपलब्ध गराएर उनीहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई तिनिहरुको व्यक्तित्वको विकास गरी नेतृत्व दिन सक्षम बनाई एक असल नागरिक बनाउने गर्दछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा