सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केही कुरा राख्नको लागि समय माग गर्दा सभामुखले नदिएको भन्दै १५ मिनेटको लागि सदन बहिष्कार गरेको बताएकी छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठक बहिष्कार गरेपछि उनले समय मागको कुरा सम्बोधन नहुँदा १५ मिनेट बहिष्कार गरेको बताइन् ।
उनले भनिन्, ‘हाम्रा केही विशेष कुराहरु छन् । जुन हामी राख्न चाहन्छौ भनेर सभामुखसँग समय माग गरेका थियौं ।
उहाँले हामीलाई समय दिनु भएन । त्यसको विरोधस्वरुप १५ मिनेटको लागि सदन बहिष्कार गर्ने निर्णय गरेर सदनबाट निस्किएका थियौं । १५ मिनेट पूरा भयो हामी जान्छौं ।’
यस्तै, अर्का सांसद हरि ढकालले पनि केही विषय राख्न थोरै समय आग्रह गर्दा पनि प्राप्त नभएको भन्दै सांकेतिक विरोध मात्र गरेको बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा