सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकार गठन भएको दोस्रो सय दिन २०८१ माघ १७ गतेसम्म भएका प्रमुख कामहरुको विवरण सार्वजनिक गरेको छ ।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी सचिव राधिका अर्यालले १७ गतेसम्म भएका प्रमुख कामहरुको विवरण सार्वजनिक गरेकी हुन् ।
सोही क्रममा उनले सबै स्थानीय तहमा हुलाक कार्यालय सञ्चालन गर्ने कार्यक्रम अन्तरगत ७ सय ५३ वटा स्थानीय तहमा हुलाक कार्यालय सञ्चालनमा आएको बताइन् ।
उनले भनिन्, ‘सबै स्थानीय तहमा हुलाक कार्यालय सञ्चालन गर्ने भन्ने कार्यक्रम अन्तरगत ७ सय ५३ वटा तहमा हुलाक कार्यालय सञ्चालनमा आएको छ र यसमा पहिला भएको ७७ वटा जिल्ला हुलाक कार्यालयहरु पनि छन् र सात वटा प्रेदशमा सातवटै निर्देशनालयहरु रहेका छन् । बाँकी ७ सय ७६ वटा कार्यालयहरु स्थापना गरेर अहिले ७ सय ५३ वटा तहमा हुलाक कार्यालयहरु छन् । यस कार्यसँगै हुलाकको पुनसंरचना गर्ने कार्य पनि सम्पन्न भएको छ ।’
यसका साथै, उनले २० वटा सरकारी निकायको सुरक्षा अडिट सम्पन्न भएको पनि जानकारी दिएकी छन् ।
उनले भनिन्, ‘२० वटा सरकारी निकायको सिस्टम सफ्टवेयर, वेबसाइट, वेब एप्लिकेशन र मोबाइल एप्लिकेशनको सुरक्षा अडिट गर्ने भन्ने कुरा थियो त्यो २० वटै कार्यालयको सुरक्षा अडिट सम्पन्न भएको छ । यस आर्थिक वर्षमा ३० वटा सुरक्षा अडिट सम्पन्न भएर अहिलेसम्म ९३ वटा प्रणालीहरुको सुरक्षा अडिट सम्पन्न भइसकेको छ ।’
आजसम्मको समयमा ८४ वर्षको डिजिटल रुपान्तरण सम्पन्न लगायत सञ्चार क्षेत्रमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु सम्पन्न भइसकेको पनि उनको भनाइ छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा