सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्मा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई अस्वीकार गर्ने जनाएको छ। अभिव्यक्ति स्वतन्त्रता विरोधी कुनै पनि कानुन नस्वीकार्ने अडान राख्दै रास्वपाले सरकारलाई विधेयक फिर्ता लिन आग्रह गरेको छ।
रास्वपाका कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले सोमबार विज्ञप्ति जारी गर्दै सो विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन्। उनले वर्तमान विधेयकले अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने खतरा रहेको बताउँदै यसलाई लोकतान्त्रिक मूल्य–मान्यताविपरीतको प्रयास भनेका छन्।
विज्ञप्तिमा भनिएको छ, “अध्यादेशका गलत बाछिटाहरूले नेपाली राजनीतिलाई दूषित बनाउँदै गर्दा त्यसकै सेरोफेरोमा आएको यो विधेयक पछाडिको नियत सही देखिँदैन। सरकारले यस विधेयकलाई अविलम्ब फिर्ता लिई प्रत्यक्ष र परोक्ष सरोकारवालाहरूसँग परामर्श गरी संवैधानिक मूल्य–मान्यता अनुरूप पुनर्लेखन गर्न आग्रह गर्दछौं।”
रास्वपाले विधेयक दर्ता प्रक्रियामै पारदर्शिता नअपनाइएको आरोप लगाएको छ। सार्वजनिक बहस र छलफलबिनै हतारमा विधेयक दर्ता गर्नु सरकारको नियतमा खोट रहेको संकेत भएको पार्टीको ठहर छ।
पार्टीले सामाजिक सञ्जालसम्बन्धी कानुन आवश्यक भए पनि त्यसले नागरिकको मौलिक हक कुण्ठित गर्नु नहुने बताएको छ। साथै, विधेयक फिर्ता लिई पर्याप्त परामर्शसहित पुनर्लेखन गर्न सरकारलाई आग्रह गरेको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा