सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । पूर्व पश्चिम राजमार्ग सडक खण्डमा पर्ने बागमती नदिको पुलको एउटा स्पान भासिँएको छ । रौतहट र सर्लाही जिल्लाको सिमनामा पर्ने बागमती पुलको स्पान भाँसिएपछि सवारी दुर्घटनाको उच्च जोखिम बढेको हो ।
नेपाल सोभियत संघ मैत्री सहयोग अन्तर्गत करिव ५० वर्षअघि बागमती नदिको पुल बनेको थियो । लामो समय देखि पुल मर्मत सम्भारमा ध्यान नदिँदा क्रमश पुरानो हुँदै भौतिक संरचनाहरु कमजोर भएको चन्द्रपुर नगरपालिका वडा नं. १ का स्थानिय श्रीराम न्यौपानेले बताए ।
उनका अनुसार पुलको भारवहन क्षमता भन्दा अधिक लोड भएका ढुवानीका साधनहरु गुड्ने गरेकाले पुल भासिँएको हो ।
पुलको स्पान भासिँएकाले भारवहन क्षमता अधिक भएका गाडी संचालनमा ध्यान दिनु पर्ने उनको सुझाव छ ।
बागमती पुलको बेरिङ्ग फुट्दा जोडिएको दुई स्परको अन्तर भएको र यसले जोखिम निम्त्याउन सक्ने भएकाले शिघ्र मर्मत गर्नु पर्ने उनको माग छ ।
सर्लाहीबाट रौतहटतर्फ आउँदा सात नम्बरको स्पर करिब ८ सेन्टिमिटर भाँसिएको डिभिजन सडक कार्यालय चन्द्रपुरले जानकारी दिएको छ । बागमती नदिको पुलको बेरिङ फुटेकाले जोडिएका दुई स्पान बीचको अन्तर बढेको डिभिजन सडक कार्यालय चन्द्रपुरका इन्जीनियर प्रकाश यादवले बताए । पुलको एउटा स्पान भाँसिने बित्तिकै पुरै संरचना नै कमजोर हुने उनको भनाई छ ।
सडक डिभिजन कार्यलयले पुलको जोखिमबारे पुल महाशाखा काठमाडौंलाई पत्र मार्फत जानकारी गराइसकेको छ ।
पुलमा अधिक भारवहन क्षमताका गाडीमा ध्यान दिन रौतहट र सर्लाहीका ट्राफिक प्रहरी कार्यालयलाई पत्रचार गरिसकेको सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख अरुण कुमार लाल कर्णले बताए ।
उनका अनुसार यस सडकखण्ड भएर जाने भारवहन क्षमताका सवारी साधन पुलमा एक पटकमा एउटा मात्रै सञ्चालन गर्ने व्यवस्था गरिएको छ । अहिले पुलको स्पर केहि भाग अग्लो, केहि भाग होचो देखिएकाले सवारी साधन चलाउदा सावधानी अपनाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा