सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सोनाम ल्होसारको अवसर पारेर गायक बिजय लामाको राजधानी काठमाडौंमा भव्य सांगीतिक प्रस्तुती हुने भएको छ ।
२८ सय ६१ औँ सोनाम ल्होसारको अवसरमा माघ १७ गतेका दिन टुँडिखेलमा गायक लामाले आफ्नो व्याण्डसहित एकल सांगीतिक प्रस्तुती दिने कार्यक्रम रहेको छ ।
बिजय लामा एण्ड द व्याण्डको प्रस्तुती रहने कार्यक्रममा गायक लामाले आफ्ना चर्चित गीतहरु ‘नखानु पानी तोङबाको, उँभो उँभो लेकमा म जाँदा, रोसी खोला पारी मेरो मामा, माया है बस्ला रसैले लगायतका एक दर्जन बढी गीतहरु गाउने छन् ।
ल्होसार मूल समारोह समितिको आयोजनामा हुन लागेको सांगीतिक कार्यक्रमको व्यबस्थापक नमस्ते साउण्ड रहेको छ ।
यसैबिच टुँडिखेलको कार्यक्रम सकिए लगत्तै भोलिपल्ट नै गायक लामा सांगीतिक प्रस्तुतीका लागि दुबई उड्नेछन् ।
उनले फेब्रअरी १ तारिखका दिन दुबईको क्लब याक एण्ड यती एभरेष्ट बर दुबईमा एकल सांगीतिक प्रस्तुती दिने कार्यक्रम रहेको छ । जसको आयोजक दुबई नेपाली रक्स रहेको गायक लामाले जानकारी दिए ।
लामाले दुबईमा पनि आफ्ना दर्जन बढी गीतहरु गाउनेछन् । पछिल्ला दिनमा सामाजिक काममा पनि व्यस्त गायक लामाले देशभरका गरिब दुःखी र बाबु आमा नभएका असहायहरुका लागि पनि काम गरिरहेका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा