सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनुमहावरले मंगलबार शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य, दुवै देशका सीमा सुरक्षाबल बिचको सम्वन्ध र सहकार्य, लागूऔषध ओसार पसार तथा दुव्र्यसन नियन्त्रण लगायतका विषयमा छलफल भएको छ ।
त्यसका साथै कञ्चपुरको दोधारा चादँनीमा एकीकृत भन्सार जाँच चौकी (आईसिपी) निर्माण र सुरक्षा सम्वन्धी समझदारीका सम्वन्धमा समेत छलफल भएको गृह मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सो अवसरमा गृहमन्त्री लेखक र अतरिक्त सचिव महावरले दुई देशबिच आगामी दिनमा समेत सम्वन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरेका छन् ।
मन्त्री लेखकले शान्ति सुरक्षाले विकास र समाजलाई प्रभाव पार्ने हुँदा उक्त विषयमा दुवै मुलुक गम्भीर हुनुपर्नेमा जोड दिए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा