सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। नेपाल मर्चेन्ट बैंकर्स संघ र एसोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) बीच मंगलबार लगानी व्यवसायीहरूबीच पारस्परिक सहयोग र सहकार्यलाई प्रवर्द्धन गर्न साझेदारी सम्झौता सम्पन्न भएको छ।
भारतको मुम्बईस्थित जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा आयोजित एआईबीआईको १३औं वार्षिक सम्मेलनका अवसरमा नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझी र एआईबीआईका अध्यक्ष महावीर लुनावतले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार, नेपाल र भारतका मर्चेन्ट बैंकरहरूबीच सीप विकास, व्यावसायिक क्षमता अभिवृद्धि, नैतिक मापदण्डहरूको स्थापनामा सहकार्य, र नियामक निकायहरूसँगको समन्वयलाई सुदृढ पार्ने लक्ष्य राखिएको छ। साथै, नविनतम प्रविधिको प्रयोगमार्फत लगानी व्यवसायलाई थप प्रभावकारी बनाउँदै व्यावसायिक विकासमा सहयोग पुर्याइनेछ।
हस्ताक्षर कार्यक्रममा भारतीय सेबी (SEBI) की अध्यक्ष माधबी पुरी बुच, सेबीका पूर्णकालीन सदस्य अश्वनी भाटिया, एनएसईका प्रमुख कार्यकारी अधिकृत आशिषकुमार चौहान, र बीएसईका प्रमुख कार्यकारी अधिकृत सुन्दररमण आर लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
नेपालबाट संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजय लाल श्रेष्ठ, उपाध्यक्ष मनिष नारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्त बहादुर पाण्डे, र सदस्यहरू लेखनाथ पोख्रेल र सन्दीप कार्कीको सहभागिता रहेको थियो।
उक्त सम्मेलन “IPOs in Emerging Global Superpower” भन्ने नाराका साथ आयोजना गरिएको थियो। सम्मेलनमा १,००० भन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाउँदै भारतको आर्थिक उन्नतिमा IPO को भूमिकाबारे छलफल गरेका थिए।
नेपाल मर्चेन्ट बैंकर्स संघ र एआईबीआईबीचको यो सम्झौताले दुवै देशका मर्चेन्ट बैंकरहरूलाई व्यावसायिक रूपमा सुदृढ बनाउने विश्वास गरिएको छ। साथै, लगानीका क्षेत्रमा अन्तरदेशीय सहकार्य र नयाँ सम्भावनाहरूको ढोका खोल्ने अपेक्षा गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा