सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडले “सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस” को अवसरमा सम्पत्ति शुद्धीकरण र आतङ्कवादी गतिविधिमा वित्तीय लगानीलाई रोक्न उच्चतम AML-CFT (Anti-Money Laundering and Combating the Financing of Terrorism) प्रावधानहरूको पालनाको प्रतिज्ञा गरेको छ।
नेपाल सरकारले माघ १४ लाई “सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस” का रूपमा घोषणा गरेपछि, बैंकले यस दिवसलाई विशेष कार्यक्रममार्फत मनाएको हो।
बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले बैंकको प्रधान कार्यालय, काठमाडौँमा आयोजित कार्यक्रममा सम्पूर्ण कर्मचारीलाई सम्पत्ति शुद्धीकरण र गैरकानुनी गतिविधिहरू रोक्न प्रतिबद्ध हुने प्रतिज्ञा गराएका थिए।
उक्त कार्यक्रममा बैंकका अन्य वरिष्ठ अधिकारीहरू, जस्तै नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, र अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा बैंकका सबै शाखा र प्रदेश कार्यालयका कर्मचारीहरूले पनि आ-आफ्ना स्थानबाट AML-CFT प्रतिज्ञा गरे।
बैंकले सम्पत्ति शुद्धीकरण रोकथाम र आतङ्कवादी गतिविधिमा हुने वित्तीय दुरुपयोग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्दै आएका छन्। बैंकले यस्ता दिवसहरूलाई मनाएर कर्मचारी र जनस्तरमा सचेतना अभिवृद्धि गर्ने योजनामा रहेको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा