सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय सोनाम ल्होछार समारोह मूल आयोजक समितिले सोनाम ल्होछार–२८६१ हुल सापुख्री (सर्प वर्ष) सुरुवात भएको अवसरमा काठमाडौं स्थित टुडिखेलमा माघ १५ गतेदेखि १७ गतेसम्म तामाङ सांस्कृतिक महोत्सव आयोजना गर्न लागेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले समारोहलाई भब्य र सभ्य ढंगबाट सम्पन्न गर्न नेपाल तामाङ घेदुङको संयोजकत्वमा नेपाल राष्ट्रिय तामाङ घेदुङको सहसंयोजन र काठमाडौस्थित विभिन्न तामाङ संघ संस्थाहरू सम्मिलित १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी गराएको छ ।
वागमती प्रदेश सरकारले यसै वर्षदेखि तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिई सो कार्यान्वयनको चरणमा रहेको हुँदा यस वर्ष ‘मन्जुश्री सम्बत् २८६१ सोनाम ल्होछार भब्य रुपमा मनाऔं, तामाङ भाषालाई सरकारी कामकाजी भाषा कार्यान्वयनमा अघि बढौं’ भन्ने मूल नारा तय गरेका छ ।
सोनाम ल्होछार समारोहको तीन दिवसीय कार्यक्रमलाई भब्य र सभ्य रुपबाट सम्पन्न गर्ने विभिन्न जिम्मेवार व्यक्ति तथा संगठनको नेतृत्वमा उपसमितिहरु गठन गरी कार्य विभाजन गरिएको छ ।
जसमा कलाकार उपसमिति, झाकीर्याली उपसमिति आर्थिक उपसमिति, वर्ष सम्मान उपसमिति स्वयम्सेवक उपसमिति, प्रचारप्रसार उपसमिति, अनुगमन उपसमिति, व्याच, व्यानर उपसमिति, स्वास्थ्य शिबिर उपसमिति, ल्होछार इभ तथा अतिथि सत्कार उपसमिति र मन्च व्यवस्थापन उपसमिति रहेका छन् । कार्यक्रमको मुख्य व्यवस्थापन साउण्ड, स्टेज, लाइट स्टल लगायतको जिम्मेवारी नमस्ते साउण्ड प्रा लि लाई दिइएको छ ।
यसैगरी कार्यक्रम अवधिभर इन्डिजिनिअस टेलिभिजन र अन्य मिडियाबाट लाइभ प्रसारण गर्ने व्यवस्था मिलाइएको छ । यसरी यो समारोहबाट प्रत्यक्ष रूपमा दुईलाख बढीले र अप्रत्यक्ष रुपमा १० लाखभन्दा बढीले अवलोकन गरी आदिवासी तामाङ समुदायको सास्कृतिक प्रवद्र्धनको क्षेत्रमा विशेष टेवा पुग्ने विश्वास लिइएको छ ।
मूल समारोह समितिले माघ १५ गतेदेखि सुरु हुने तीन दिवसीय सांस्कृतिक महोत्सवलाई निम्न गतिविधिका साथ उल्लासमय वातावरणमा सम्पन्न गर्ने तयारी गरेकोे छ ।
१. माघ १५ गते विहान ८.३० बजेदेखि राष्ट्रपतिको कार्यालय शितल निवासमा ताम्बा, लामा, बोन्त्रीद्वारा पूजापाठ तथा शुभकामना आदानप्रदान गरिनेछ ।
२. माघ १६ गते काठमाडौंस्थित टुडिखेलमा राष्ट्रिय कलाकारहरूद्वारा सांगितिक प्रस्तुति, पूजापाठ र सांझ डुक (गरुड) वर्षको बिदाई र डुल सर्प बर्षको स्वागत स्वरुप ल्होछार इभ गरिनेछ ।
३. माघ १७ गते बिहान ११ः०० बजेदेखि ताम्बा, लामा, बोन्बोको झाकीसहित शान्ति र्यालीले टुंडिखेल परिक्रमा गर्नेछ । यसैगरी दिउँसो १ बजेदेखि ल्होछार समारोहको समुद्घाटन समारोह, शुभकामना आदानप्रदान, चर्चित तथा ख्याती प्राप्त कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति आदि सम्पन्न गरिनेछ ।
४. यस वर्ष तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा कार्यान्वयन गर्न आफ्नो कार्यकालमा विशेष भूमिका खेल्ने बागमती प्रदेशका पूर्वसंस्कृति मन्त्री तथा सांसद शैलेन्द्रमान वज्राचार्यसहित विभिन्न विधामा उत्कृष्ट कार्य गरी तामाङ समुदायको शिर उच्च राख्न महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरूलाई राष्ट्रिय सम्मान गरिनेछ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा