सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ माघ । साताको दोस्रो दिन पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार १० दशमलव ६६ अङ्कले घटेर २ हजार ६३३ दशमलव २७ विन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको यसदिन ३१२ वटा कम्पनीका १ करोड ७२ लाख कित्ता शेयर ८ अर्ब ९२ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै सिन्धु विकास बैंकको २९ करोड ८३ लाखको शेयर किनबेच भयो ।
आज विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । आज फाइनान्स समूहको शेयर झन्डै साढे ३ प्रतिशतले उकालो लागेको छ ।
यसदिन सप्तकोशी विकास बैंकको शेयर झन्डै साढे ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा