सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ। यस अन्तर्गत कम्पनीले १ करोड २८ लाख ४३ हजार ७२४ कित्ता साधारण शेयर साविक शेयरधनीहरूका लागि जारी गर्न लागेको हो।
यस प्रक्रिया व्यवस्थापनका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा विक्रि प्रबन्धकको रूपमा नियुक्त गरिएको छ। आज आयोजित एक विशेष कार्यक्रममा एनआरएन इन्फ्रास्ट्रक्चरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त बस्याल र नेपाल एसबिआई मर्चेण्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारण सभाबाट पारित यो हकप्रद शेयर निष्काशनको कार्यान्वयन नेपाल एसबिआई मर्चेण्टमार्फत हुनेछ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले २०६९ सालमा स्थापना भई जलविद्युत्, पर्यटन, होटल, बीमा, सञ्चारलगायतका क्षेत्रमा लगानी गर्दै आएको छ। यस कम्पनीका संस्थापकहरू बैंकिङ, वित्त, व्यापार र व्यवस्थापन क्षेत्रमा अनुभवी व्यक्ति हुन्।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेडको सहायक कम्पनी हो। यसले धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा विक्रि प्रबन्धन, हितग्राही खाता सञ्चालन, रजिष्ट्रार सेवा लगायतका सेवा प्रदान गर्दै आइरहेको छ।
यो हकप्रद शेयर निष्काशनबाट एनआरएन इन्फ्रास्ट्रक्चरले आफ्नो पुँजी सुदृढ गरी नयाँ परियोजनामा लगानी गर्न सहजता पाउने विश्वास गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा