सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले माघ १६, १७, र १८ गते गाउँपालिकाभित्रका सबै सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था, तथा बैंक एवं वित्तीय संस्थाहरूमा बिदा दिने जानकारी दिएका छन्।
अध्यक्ष मल्लले मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष ल्हो को अवसरमा जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायलाई सुस्वास्थ्य, दीर्घायु, सुख, र समृद्धिको कामना व्यक्त गरेका छन्।
सोनाम ल्होसार तामाङ समुदायको मौलिक संस्कृति, परम्परा, र पहिचानसँग जोडिएको पर्व हो। यस पर्वले समुदायभित्र सामाजिक एकता र मेलमिलापलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
राक्सिराङ गाउँपालिकाले स्थानीय समुदायको सांस्कृतिक पर्वलाई सम्मान गर्दै बिदाको व्यवस्था गरेको हो।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा