सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद संंघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको सभापति कप फुटबलमा न्यू रोड टिम एनआरटी सेमिफाइनलमा प्रवेश गरेको छ।
कप्तान अन्जन विष्टको उत्कृष्ट २ गोलको मद्दतले एनआरटी सभापति सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको हो।
दशरथ रंगशालामा आइतबार सम्पन्न चौथो क्वाटरफाइनलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित ग¥यो। एनआरटीका लागि कप्तान अन्जनले २ गोल र रिचार्ड विल्सनले १ गोल गरे। फ्रेन्ड्सका लागि विवेक पौडेलले सान्त्वना गोल फर्काए।
पहिलो हाफमा कप्तान अन्जनले २ गोल गरेपछि एनआरटी बलियो स्थितिमा पुगेको थियो। खेलको २३औं मिनेटमा एन्जल महर्जनको पासलाई अन्जनले पेनाल्टी क्षेत्रभित्रबाट फिनिश गर्दै टिमलाई अग्रता दिलाए।
त्यसको पाँच मिनेटपछि अन्जनले व्यक्तिगत दोस्रो गोल गरे। कृतिश रत्न छुन्जुको क्रसलाई अन्जनले फार पोस्टमा हेडरमार्फत गोलमा परिणत गरे।
दोस्रो हाफको सुरुवातमै रिचार्ड विल्सनले एनआरटीलाई ३–० को अवस्थामा पु¥याए। उनले पेनाल्टी क्षेत्रभित्रबाट फार पोस्टमा सुन्दर फिनिश गरे।
६५औं मिनेटमा रिचार्डको क्रसमा हेनरी पोकुले गरेको हेडरलाई फ्रेन्ड्सका गोलरक्षक अभिषेक बरालले उत्कृष्ट बचाउ गरे। त्यसपछि अभिषेकले एन्जल र रिचार्डका लगातार प्रहारहरूलाई पनि विफल बनाए।
८१औं मिनेटमा फ्रेन्ड्सका कप्तान विवेक पौडेलले गोल गर्दै टिमलाई खेलमा फर्काउने संकेत देखाए। उनले पेनाल्टी क्षेत्रभित्र दुई डिफेन्डरलाई छलाउँदै बायाँ खुट्टाले सुन्दर फिनिश गरे।
प्रतियोगिता अन्तर्गत सोमबार पहिलो सेमिफाइनलमा संकटा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच साँझ ५ः३० बजे खेल हुनेछ। दोस्रो सेमिफाइनल मंगलबार आयोजक बागमती लोकतान्त्रिक र एनआरटीबीच हुनेछ। फाइनल खेल बिहीबार हुनेछ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा