सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वीरगञ्ज । जनता समाजवादीका उप–महासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले बिचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरुसँग सहकार्य तथा एकीकरण गर्न सकिने बताएका छन् ।
पर्साको वीरगञ्ज स्थित पुजन होटलमा आयोजित जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले आफूहरु देश र पिछडिएका जनताको पक्षमा वकालत गर्न र देश विकासका लागि राजनीतिमा होमिएको बताए
उनले भने,‘हामी देश र पिछडिएका जनताको पक्षमा वकालत गर्न सहित देश विकासका लागि राजनीतिमा होमिएका छौँ । बिचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरुसँग सहकार्य तथा एकीकरण गर्न सक्छौँ ।’
यसैगरी मन्त्री यादवले आम नागरिकलाई सर्वोपरि ठानेर मधेशका मुद्दा एवम् देशभरीका नागरिकका समस्या समाधानका लागि जनता समाजवादी पार्टी (जसपा) ले उल्लेख्य भुमिका निर्वाह गरिरहेको बताए ।
उनले भने, ‘हाम्रा लागि जनता सर्वोपरि हुन् । जनताको विकास र जीवनस्तर उकास्न हामी कहिल्यै पछि पर्ने छैनौँ ।’
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा पनि सहभाभी भएपछि लोकप्रिय, जनमुखी र परिणाममूखी काम भइरहेको मन्त्री यादवले दाबी गरे ।
फरक प्रसंगमा मन्त्री यादवले खानेपानीका लागि पर्याप्त बजेट नहुँदा देशभरीमा आम उपभोक्तालाई सहज रुपमा शुद्ध खानेपानी पु¥याउन समस्या भएकाले आगामी आर्थिक वर्षको बजेटमा सतप्रतिशत नागरिकको घरघरमा शुद्ध अनी सफा खानेपानी पुग्नेगरी बजेट विनियोजन गराउने बताए ।
उनले भने,‘मन्त्रालय सम्हालेदेखि देशका दुर्गम क्षेत्रमा खानेपानीका समस्याका विषयमा स्थलगत निरीक्षण गरेको छु । पानीको निकै समस्या रहेको पाएको छु । वर्तमान सरकार अगामी बजेटमा हिमाल, पहाड र तराईका नागरिकमा खानेपानीको पहुँच पुग्नेगरी बजेटको व्यवस्थापन गर्ने छ ।’
काठमाडौँ उपत्यकामा बाह्रै महिना पानी खुवाउनका लागि सबै प्रक्रिया भइसकेकाले अब आउँदो वर्षातको समयमा मेलम्चीको पानी बन्द नगरिने समेत उनले जानकारी गराए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा